Premier Cables

अर्थ

बहुप्रतिक्षित ‘यामाहा ब्लू फेस्ट’ विराटनगरमा शुक्रबारदेखि सुरु हुँद, यस्तो छ अफरै अफर

नोट: यो समाचार १ वर्ष ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १८, २०८२  | राती ८:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । यामाहा नेपालले देशको सबैभन्दा ठूलो दुई पांग्रे सवारी एक्सचेन्ज ईभेन्ट्स मध्येको एक बहुप्रतिक्षित ‘यामाहा ब्लू फेस्ट’ मार्फत दुई प्रांग्रे सवारी प्रेमीहरूलाई आकर्षित गर्ने तयारी गरिरहेको छ।
यो भव्य अवसर २०८२ बैशाख १९ देखि २५ गतेसम्म विराटनगरको भाटभटेनी नजिकै आयोजना हुनेछ। एक सातासम्म जारी रहने यो कार्यक्रमले बाइक एक्सचेन्ज मात्र नभई यामाहाको मूल मूल्यहरूलाई परिभाषित गर्ने एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्स प्रदर्शन गर्ने विश्वास लिइएको छ ।
तपाईं यामाहाको प्रशंसक हुनुहुन्छ अथवा यामाहामा स्विच गर्न खोज्दै हुनुहुन्छ भने यामाहा ब्लू फेस्टले तपाईंका लागि यी अतुलनीय एक्सचेन्ज डिलहरू प्रदान गर्नेछ ।
-कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्नुहोस्
-कुनै पनि यामाहा बाइक वा स्कुटरमा रु ५०,००० को मिनिमम भ्यालुएसन
-अन्य कुनै पनि ब्रान्डमा रू २५,००० न्यूनतम मूल्याङ्कन
-एक्सचेन्जमा अतिरिक्त रु १०,००० मूल्याङ्कन बोनस
-कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९५ प्रतिशत फाइनान्सिंग,्
-यामाहा थ्रिल अफ थ्री योजनाको साथ रु १,००,००० सम्म नगद छुट
-थ्रिल अफ थ्रीविज्ञापन सेयर गरी रु १,००० जित्नुहोस्
-विज्ञापनको स्क्रिनसट देखाई रु ५०,००० सम्म नगद छुट जित्नुहोस्
-यामाहा खरिद गरी रु १,००,००० सम्म नगद छुट जित्नुहोस्
विविधतायुक्त र बलियो प्रडक्ट रेन्जको लागि परिचित यामाहा दैनिक यात्रुहरूदेखि रेसिंग उत्साही र एडभेन्चर खोज्नेहरूसम्म, हरेक प्रकारका राइडरहरूका लागि डिजाइन गरिएको छ । ARAI-प्रमाणित ७१.३३ kmpl का साथ नेपालको उच्चतम माइलेज दिने स्कूटर यामाहा RayZR125FI हाइब्रिडदेखि स्पोर्टी र स्टाइलिश यामाहा R15 V4 सम्म रहेको छ । यामाहाले आफ्नो उच्च स्तरलाई कायम राखेको छ। बोल्ड स्ट्रिट प्रेजेन्स खोज्ने राइडरहरूले MT-15 V2 FZ V3 सिरिजमा ध्यान केन्द्रित गर्न सक्छन्, जबकि Aerox 155 स्पोर्टी डिजाइन भएको पर्फर्मेन्स स्कूटरको रूपमापरिचितछ। अफ-रोड रोज्नेहरूले बलियो WR155R मा भर पर्न सकिन्छ। प्रत्येक यामाहा मेसिन उन्नत जापानी इन्जिनियरिङद्वारा संचालित छ जसले सुरक्षित, कुशल र रोमाञ्चक राइड अनुभव प्रदान गर्दछ।

यामाहा ब्लू फेस्टएक्सचेन्ज इभेन्ट मात्र नभई एक पूर्ण उत्सव हो । साथीहरू र परिवारसँग आउनुहोस् र एकै ठाउँमा एक्सचेन्ज, अपग्रेड र सेलिब्रेट गर्न तपाईंको लागियो वान स्टप अवसर हो।
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल देशकै सबैभन्दा विश्वसनीय दुई प्रांग्रे ब्रान्डहरू मध्ये एक हो । जुन यसको अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति समर्पणको लागि परिचित छ। यामाहाले देशभरि उत्कृष्ट राइड अनुभव प्रदान गर्दै निरन्तर नवीनता र सेवाको सीमाहरू अगाडि बढाइरहेको छ।

विज्ञापन

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka