Premier Cables
Premier Steel

राष्ट्रिय

रकम असुलीको आरोपमा सप्तरीका एसपी तानिए

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १०, २०८२  | बिहान ६:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सप्तरी । आर्थिक लेनदेन गरेको आरोपमा सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा तानिएका छन्।

उनीमाथि तल्लो दर्जाका प्रहरी प्रयोग गरी लाखौं रुपैयाँ असुली गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले उनलाई पदबाट हटाएको हो। खतिवडाको स्थानमा एसपी गौतम केसीलाई काजमा पठाइएको छ।

बिज्ञापन

उक्त भिडियोमा कोशी ब्यारेजका बुधन मण्डल नामक फरार अभियुक्तसँग रकम लिइएको दृश्य छ। भिडियोमा देखिएअनुसार, वरिष्ठ प्रहरी सहायक निरीक्षक (सई) विश्वनाथ त्रिपाठीले मण्डलसँग चार लाख रुपैयाँ लिएको दाबी गरिएको छ।

यस प्रकरणबारे अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, छानबिनका लागि वरिष्ठ सई त्रिपाठीलाई प्रदेश प्रहरी कार्यालयमा झिकाएर सोधपुछ भइरहेको छ।

एसपी खतिवडा गत भदौदेखि सप्तरीमा कार्यरत थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka