Premier Cables

कोशी प्रदेश

मानवीय कारणले मनसुनजन्य विपत्तिको जोखिम बढ्यो : मुख्यमन्त्री कार्की

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार ०६, २०८२  | अपराह्न २:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मनसुनजन्य विपत्तिको जोखिम बढ्नुमा मानवीय लापरवाही मुख्य कारण भएको बताएका छन्।

शुक्रबार विराटनगरमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना संवाद कार्यक्रमूलाई सम्बोधन गर्दै उनले अव्यवस्थित विकास निर्माण र वातावरणप्रति बेवास्ताको असर विपत्तिका रूपमा देखिन थालेको बताएका हुन्।

विज्ञापन

“विकासका नाममा वातावरणीय मूल्यांकनबिना संरचना निर्माण हुनु, जलवायु परिवर्तनप्रति बेपरवाही हुनुले प्राकृतिक, आर्थिक र मानवीय क्षति भइरहेको छ,” मुख्यमन्त्री कार्कीले भने, “यदि यस्तै ढंगमा अगाडि बढ्यौं भने आगामी वर्षहरूमा विपत्तिको सामना गर्न सक्ने क्षमतासमेत गुम्न सक्छ।”

मुख्यमन्त्रीले विपत्तिको जोखिम न्यूनीकरणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आवश्यक सम्पूर्ण तयारी गर्न निर्देशनसमेत दिए। साथै, जनचेतना अभिवृद्धि गरेर मानवीय, भौतिक र आर्थिक क्षतिलाई कसरी न्यूनतम बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गरे।

“विपत्तिलाई पहिलो चुनौतीका रूपमा बुझ्न आवश्यक छ,” उनले भने, “विपद् प्रतिकार्य संरचना मजबुत बनाउँदै नेतृत्व लिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिएको छु। प्रदेश सरकारले आवश्यक सहयोग पुर्‍याउनेछ।”

पाँचवर्षे रणनीति अनुसार अघि बढिरहेको सरकार

सो कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले पाँच वर्षे “विपत्त व्यवस्थापन रणनीति कार्ययोजना”अनुसार काम गरिरहेको जानकारी दिए।

“कोशी प्रदेशका मनसुनजन्य अति जोखिमयुक्त क्षेत्रहरू पहिचान गरी काम भइरहेको छ,” उनले भने, “अति जोखिममा रहेका बस्तीहरूलाई स्थानान्तरण गर्ने तयारी पनि भैरहेको छ।”

उनले संघीय, जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिहरूसँग समन्वयमा काम भइरहेको उल्लेख गर्दै, स्थानीय समितिलाई अझ प्रभावकारी बनाउने दिशामा सरकार लागिरहेको बताए।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले मनसुन र विपत्तिसम्बन्धी कार्यपत्र प्रस्तुत गरे। पूर्व सचिव केदार न्यौपानेले “मनसुनस् हिजो, आज र भोलि” शीर्षकमा कार्यपत्र प्रस्तुत गरे।

डीपीनेट अध्यक्ष डा‍। राजु थापाले “२०८१ सालको मनसुन चित्रहरूमा” भन्ने कार्यपत्र प्रस्तुत गरे ।

धरानस्थित जल तथा मौसम विज्ञान विभागका रुद्र परियारले “२०८२ सालको मनसुन प्रक्षेपण” प्रस्तुत गरे भने, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी गोमा चेम्जोङले “संघीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२”बारे जानकारी दिइन्।

त्यसैगरी, कोशी प्रदेशका विपद् विज्ञ रामकुमार दाहाल र यसप्रसाद सुब्बाले “प्रदेशको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना”बारे छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरे।

कार्यक्रमको निष्कर्षमा सहभागीहरूले स्थानीय तहदेखि संघीय स्तरसम्म समन्वय र पूर्वतयारीलाई बलियो बनाए मात्र मनसुनजन्य विपत्तिको क्षति न्यूनीकरण गर्न सकिनेमा जोड दिए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka