Premier Cables

कोशी प्रदेश

कर्मचारीलाई सम्पत्ति विवरण पुनः बुझाउन कोशी प्रदेश सरकारको निर्देशन

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०९, २०८२  | अपराह्न १२:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको सम्पत्ति विवरण पुनः भरेर बुझाउन प्रदेशभरका मन्त्रालय, जिल्ला समन्वय समिति, तथा स्थानीय तहहरूलाई निर्देशन दिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरले बुधबार सार्वजनिक गरेको सूचनामा भनिएको छ कि २०८१/८२ को सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रको पोर्टलमा भदौ २९ भित्र इन्ट्री गरी बुझाउनु पर्ने व्यवस्था थियो। तर भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा कार्यालयमा प्राप्त विवरणका खाम, कागजात तथा अभिलेखहरू जलेर पूर्ण रूपमा नष्ट भएको जनाइएको छ।

विज्ञापन

यस कारण, सतर्कता केन्द्रको पोर्टलमा भएका विवरणका आधारमा सम्बन्धित निकायलाई सम्पत्ति विवरण पुनः भराइ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउन भनिएको छ।

मुख्यमन्त्री कार्यालयले प्रदेशका सबै १४ वटा जिल्ला समन्वय समितिहरू, १३७ स्थानीय तहहरू तथा मन्त्रालय, निर्देशनालय, आयोग र निकायहरूलाई औपचारिक रूपमा सूचना पठाइसकेको जनाएको छ।

यस कार्यका लागि सेवा सुविधा तथा सम्पत्ति व्यवस्थापन इकाईका शाखा अधिकृत धन नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka