Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
aarya

राजनीति

राश्वपाका सांसदको विरोधका कारण प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

Calendar शुक्रबार, असार ०६, २०८२  | अपराह्न १२:१० बजे

काठमाडौं । प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम शुरु हुन सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले आफ्नो आसनबाट उठेर अवरोध गरिरहेका छन् । सभामुख दवारज घिमिरेले हरेक महिनाको पहिलो सातामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्दै आएको सदन समक्ष जानकारी गराएका छन् । यसलाइ कार्यसूचीबाट हटाइएकाे छ ।

सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए । तर रास्वपाले अवरोध जारी रहने जानकारी गराएको छ ।

बिज्ञापन

रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरेका थिए ।

जवाफमा परियारले रास्वपाले विरोध जारी राख्ने बताए । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने पहिलो नम्बरमा राखिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो