Premier Cables
Premier Steel

राष्ट्रिय

काठमाडौं नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बन तत्काल कार्यान्वयन नगर्न अदालतकाे आदेश

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०४, २०८२  | साँझ ६:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले निर्णय यथास्थितिमा राख्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। अदालतको आदेशबारे महानगरकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिएकी छन्।

बिज्ञापन

गत जेठ २० गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। त्यसअघि पाण्डेसँग स्पष्टीकरण सोधपुछको प्रक्रिया चलेको थियो। पाण्डेले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै गुरागाईंले निलम्बनको निर्णय गरेका थिए।

उक्त निर्णयविरुद्ध पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए, जसमा अदालतले तत्काल निलम्बन कार्यान्वयन नगर्न आदेश दिएको हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka