Premier Cables
Premier Steel

कोशी प्रदेश

रोपाइँका बेला मल नपाएपछि हसन्दहका किसान आक्रोसित

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०३, २०८२  | बिहान ७:३७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको पथरी शनिश्चचरे नगरपालिका–५ स्थित हसन्दह बजारमा रहेको साना किसान सहकारी संस्थाले तीन दिनदेखि किसानहरूलाई मल वितरण गर्न नसक्दा स्थानीय किसानहरू आक्रोशित बनेका छन्।

बर्खाको समय सुरु भएसँगै किसानहरूलाई मल र बीउको आवश्यकता अत्यधिक बढेको छ। तर, कृषि प्रधान देश नेपालमा यस्ता सामग्री समयमा नपाउनु लज्जास्पद विषय बनेको छ।

हसन्दहका सुरज तिम्सिनाका अनुसार, तीन दिनदेखि मलको खोजीमा धाउनु परेको छ। तर, सहकारीले आज होइन, भोलि भन्दै किसानहरूलाई घर फर्काउन मात्र सफल भएको छ।

सोमबार लामो समयसम्म लाइनमा बसेपछि मंगलबार मल वितरण गरिने आश्वासन दिइएको भए पनि मल नपाएको तिम्सिनाले गुनासो गरे।

अत्यधिक गर्मीमा सबै काम छाडेर मलका लागि लाइनमा बस्दा पनि निराशा हात परेको भन्दै किसानहरूले आक्रोश पोखेका छन्।
कृषि सामग्री समयमा नपाउनु मात्र नभई उत्पादन भएको बालीको उचित मूल्यसमेत नपाउँदा किसानहरू निरन्तर मारमा पर्ने गरेका छन्।
यता पथरी सनिश्चचरे नगरपालिका वडा नम्बर ५ का वडा सदस्य बिनय तिमल्सिनाले केहि प्राविधिक समस्याका कारण मल बितरन हुन नसकेको र मङलबार बाट बितरन हुने बताए ।

यस्तो परिस्थितिमा स्थानीय निकाय र सम्बन्धित अधिकारीहरूले समस्या समाधानका लागि गम्भीरतापूर्वक लाग्नुपर्ने आवश्यकता रहेको छ।

किसानहरूको समस्या समाधानका लागि सहकारी, स्थानीय सरकार, र कृषि मन्त्रालयबीच समन्वय आवश्यक देखिएको छ। किसानले मल, बीउजस्ता अत्यावश्यक सामग्री समयमा नपाउने अवस्थाले नेपालको कृषि क्षेत्रमा दीर्घकालीन असर पुर्याउन सक्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka