Premier Cables
Premier Steel

साहित्य

गणेश रसिकलाई विराटनगरमा साहित्यिक श्रद्धाञ्जली

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०२, २०८२  | साँझ ७:५३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । ‘कला, साहित्य र संस्कृतिका त्रिवेणी स्रष्टा’ भनिने साहित्यकार गणेश रसिकको स्मृतिमा विराटनगरमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटीअन्तर्गतको साहित्य, कला तथा संस्कृति विभागको आयोजनामा भएको कार्यक्रममा रसिकको सर्जनात्मक योगदानको चर्चा गरिनुका साथै उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

कार्यक्रममा मुख्य वक्ताका रूपमा उपस्थित वरिष्ठ साहित्यकार भूराज राई र कवि विमल वैद्यले रसिकको बहुआयामिक सृजनामाथि विस्तृत चर्चा गरे । उनीहरूले रसिकले राष्ट्र, प्रकृति र जीवनका विविध आयामलाई गीत, कविता र गीति नाटकमार्फत उजागर गरेको उल्लेख गर्दै वर्तमान पुस्ताका लागि उहाँको साहित्य प्रेरणादायी रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री जीवन घिमिरेले गणेश रसिकको सृजनामा राष्ट्रप्रेम र सामाजिक चेतनाको गहिरो अभिव्यक्ति रहेको बताए । ‘उहाँ राष्ट्र गाउने, जीवनको सौन्दर्यलाई उज्यालो बनाउने सर्जक हुनुहुन्थ्यो,’ घिमिरेले भने, ‘कोशी प्रदेशमा प्रज्ञा प्रतिष्ठानको स्थापना आवश्यक छ, प्रदेश सरकारले यसमा ध्यान दिनुपर्छ ।’

विभाग प्रमुख खेम नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्रेम अधिकारी, महेश रेग्मी, प्राज्ञ गंगा सुवेदीलगायतले पनि रसिकको साहित्यिक योगदानमाथि विचार व्यक्त गरेका थिए ।

कार्यक्रमको सांगीतिक पक्षमा स्वरसंगम संगीतालयका कलाकारहरूले रसिकका चर्चित गीत ‘लहरा, पहरा, छहरा’ र ‘घरबेटी नानी’ प्रस्तुत गरेका थिए । त्यस्तै कवि प्रयाग न्यौपाने, प्रमोद ढकाल, भरत गुरागाईं र छवि बैरागीले रसिकका कविता वाचन गरेका थिए ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka