Premier Cables
Premier Steel

समाचार

फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर काठमाडौंमा भेटिए

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०२, २०८२  | साँझ ६:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ भन्दै स्टाटस लेखेर बेपत्ता भएका डाक्टर केशव श्रेष्ठ काठमाडौंमा सकुशल फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल राज बोहोराका अनुसार श्रेष्ठलाई सोमबार दिउँसो करिब २ बजेतिर काठमाडौंको बालाजु क्षेत्रबाट फेला पारिएको हो। उनी सकुशल अवस्थामा रहेका छन् र परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

बिज्ञापन

सोमबार बिहान डा. श्रेष्ठले फेसबुकमा ‘सबैलाई अलबिदा’ भन्दै स्टाटस लेखेका थिए। स्टाटसमा उनले आफूले इमान्दारीपूर्वक काम गर्दा पनि विभिन्न षड्यन्त्रको शिकार हुनुपरेको तथा सम्बन्धित निकायले असहयोग गरेको उल्लेख गरेका थिए। त्यसपछि उनी परिवार र सम्पर्कबाट बेपत्ता भएका थिए।

फेसबुक स्टाटसपछि परिवार, आफन्त र साथीहरू चिन्तित बनेका थिए भने प्रहरी समेत उनको खोजीमा खटिएको थियो। प्रहरीको सक्रियतामा उनी बालाजुमा फेला परेका हुन्।

हाल घटनाको थप विवरण संकलन भइरहेको प्रहरी स्रोतले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka