Premier Cables
Premier Steel

बैंक तथा वित्त

नयाँ १० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याइयाे

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०२, २०८२  | साँझ ५:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नयाँ १० रुपैयाँ दरको नोट आज सोमबार (असार २ गते)देखि चलनचल्तीमा ल्याएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटहरू साविककै आकार र रंगमा रहनेछन्। यसपटक संकेत नम्बर द३२ ०००००१ देखि प९४ ९९९९९९ सम्मका नोट बजारमा ल्याइनेछ।

बिज्ञापन

यसअघि राष्ट्र बैंकले २०७७ मंसिर १० गते १० रुपैयाँ दरको (सिरिज २०२०) नयाँ नोट संकेत नम्बर ढ८२ ०००००१ देखि द४५ ९९९९९९ सम्म चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो। तर, त्यसमध्ये ढ८२ ०००००१ देखि द३१ ८००००० सम्मका नोट मात्र बजारमा ल्याइएको बैंकले स्पष्ट पारेको छ।

नयाँ नोट बजारमा ल्याइएसँगै पुराना नोटहरूसँगै दुवै नोट प्रचलनमा रहनेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka