Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीका महिला प्रदेश सभा सदस्यका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०२, २०८२  | बिहान १०:२२ बजे
Hamro Biratnagar Headlines

इटहरी । कोसी प्रदेश सभाका महिला सांसदका लागि सुनसरीको इटहरीमा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ ।

प्रदेश सभा सचिवालयको आयोजना कार्यक्रम  गरिएको हो ।
उद्घाटन कार्यक्रममा  प्रमुख अतिथिको आसनबाट बोल्दै सभामुख अम्बर बहादुर बिष्टले प्रदेश सभा सदस्यहरुको क्षमता अभिवृद्धि आवश्यक रहेको बताए ।

सदनमा आउने विधेयक र कानुनी अध्ययनमा ध्यान दिनुपर्ने भन्दै उनले अध्ययन नगर्दा धेरै कुरा दलकै नेताले भनेको  मानेर जानुपर्ने अवस्था हुने बताए ।

उनले‌ भने,”सदनमा प्रभावकारी रुपमा सहभागी हुन पनि अध्ययन भए नेतृत्व विकास गर्न सकिन्छ ।” उनले सरकारले आफ्नो योजनामा बजेट हाल्यो कि हालेन भनेर मात्र प्रदेश सभा सदस्यहरुको चासो हुने गरेको बताए ।

कार्यक्रमको अध्यक्ष उपसभामुख सिर्जना दनुवारले प्रदेश सभाका महिला सदस्यमा क्षमता भएकाले नै नेतृत्वमा पुग्न सकेको बताउँदै भनिन,”जिम्मेवारी र भूमिकालाई अझ प्रभावकारी बनाउन आवश्यक छ ।” दनुवारले महिला समन्वय समिति र संजाल बनाउने प्रयास जारी रहेको बताइन् ।‌

कुनैपनि काम जहिले उठान हुन्छ त्यतिबेला नै शुरु हुने भन्दै उनले अनुभव आदानप्रदानका लागि पनि छलफल आवश्यक रहेको बताइन् ।

समाजिक विकास मन्त्री पांचकर्ण राईले संविधानले दिएको अधिकारले नै अहिले जनता सार्वभौम भएको बताउंदै सामाजिक, आर्थिक र अन्य अधिकार पाउन बांकी रहेको बताए । उनले भने,”नीतिको अगुवाई गरेमात्र नेतृत्वमा पुग्न सकिन्छ ।” नीति, कार्यक्रम र सिद्दान्तको नेतृत्व महिला प्रदेश सभा सदस्यहरुले लिनुपर्ने बताए । अवसर आफै लिनुपर्ने मन्त्री राईले बताए ।

राज्यमन्त्री सिर्जना राईले यस्ता कार्यक्रमहरुले क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइन । महिलामैत्री कानुनहरु बनैका छन् तर महिलाको नेतृत्व के कुन अवस्थामा छन् भन्ने मूल प्रश्न रहेको बताईन । उनले भनिन ,” समानताको कुरा गरिरहँदा सहभागिता के छ ? यो छलफल पनि हुनुपर्छ।” दलमा समेत महिलालाई नेतृत्व लिने वातावरण बनाइनु पर्ने राइले बताइन ।

कार्यवाहक प्रदेश सभा सचिव गौतमराज अमात्यले वार्षिक कार्यक्रमको कार्यतालिका अनुसार सभाले कार्यक्रम आयोजना गरेको बताए ।‌

कार्यक्रमका सहजीकरण संविधानसभा सदस्य डा. बिन्दा पाण्डे, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र कोसीका प्रमुख सचिव चन्द्रकला पौडेलले गर्नेछन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka