Premier Cables
Premier Steel

कोशी प्रदेश

फिदिम–ताप्लेजुङ सडक खण्डको पुल भाँचिएको घटनामा छानबिन समिति गठन

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०१, २०८२  | अपराह्न ३:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । फिदिम–ताप्लेजुङ सडक खण्डअन्तर्गत फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

मन्त्री देवेन्द्र दाहालको मन्त्रीस्तरीय निर्णयअनुसार गठन गरिएको पाँच सदस्यीय छानबिन तथा अध्ययन समितिको संयोजकमा सडक विभागका उपमहानिर्देशक ललिजन खनाल रहेका छन्। समितिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजनका प्रमुख श्यामकुमार यादव तथा सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्यको रूपमा रहेका छन्।

बिज्ञापन

समितिलाई पुल भत्किनुको कारण पत्ता लगाउने, आगामी दिनमा यस्ता दुर्घटना नदोहोरियोस् भन्नका लागि आवश्यक सुझाव पेश गर्ने, साथै तत्कालीन रूपमा सो स्थानमा वैकल्पिक रूपमा यातायात सञ्चालन गर्न सकिने उपायबारे स्थलगत अध्ययनसहितको प्रतिवेदन सात दिनभित्र पेश गर्ने कार्यभार दिइएको छ।

समितिले आइतबारदेखि नै आफ्नो काम सुरु गरिसकेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्री दाहालले पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता संरचनामा लापरवाही स्वीकार्य नहुने बताएका छन्।

यसअघि, हेवा खोलामा ७० मिटर लामो बेलिब्रिज निर्माण भइरहेको अवस्थामा अचानक भत्किएको थियो। प्रारम्भिक अनुमानअनुसार, बेलिब्रिज जोड्ने क्रममा आवश्यक ‘सपोर्ट’ नलगाइएकाले ओभरलोड भएर भाँचिएको हुन सक्ने आशंका गरिएको छ। पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीमाथि समेत प्रारम्भिक छानबिन भइरहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka