Premier Cables
Premier Steel

कोशी प्रदेश

बाढीले फक्ताङलुङ बेलिब्रिज बगायो, आवतजावत ठप्प

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०७, २०८२  | बिहान १०:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका – ५ स्थित हेल्लोक खोलामा रहेको बेलिब्रिज मंगलबार राति आएको भारी वर्षासँगै आएको बाढीले बगाएको छ। बाढीका कारण सो क्षेत्रका वडा नं. ५ र ६ जोड्ने प्रमुख सम्पर्क मार्ग अवरुद्ध भएको छ।

गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार, मंगलबार राति १२ बजेदेखि बिहान ४ बजेसम्म निरन्तर भारी वर्षा भएको थियो, जसले गर्दा खोलामा बाढी आएको थियो र बेलिब्रिज बग्दा आवतजावत ठप्प भएको हो।

बिज्ञापन

चार वर्ष अघि रेमिट हाइड्रोले लगभग ५ करोडको लागतमा निर्माण गरेको यो बेलिब्रिजले फक्ताङलुङ गाउँपालिका – ५ को तापेथोक र वडा नं. ६ को लेलेपलाई जोड्ने प्रमुख मार्गको रुपमा काम गर्दै आएको थियो। बेलिब्रिजको निर्माण पछि यस क्षेत्रमा आवतजावत निकै सहज भएको थियो, र यसले ओलाङचुङगोला, घुन्सा र अन्य आसपासका स्थानमा पुग्नका लागि पनि प्रमुख मार्गको रूपमा सेवा प्रदान गर्दै आएको थियो।

अध्यक्ष लिम्बूले थप जानकारी दिँदै भने, “रातभरको भारी वर्षाका कारण तमोर नदीसहित विभिन्न खोलामा बाढी आएको छ। यसैगरी, वडा नं. ६ स्थित फाङ्बारी विद्यालय नजिकै पहिरो पनि झरेको छ। पहिरोका कारण मानविय क्षति भएन भने पनि आसपासका क्षेत्रहरूमा जोखिम भने बढेको छ।”

यसैगरी, ताप्लेजुङ जिल्लामा पहिरोको जोखिम उच्च रहेको विभिन्न अध्ययनले जनाएका छन्। अघिल्लो वर्ष पनि यस्ता घटनाहरू भएको थियो। थप रूपमा, मंगलबार रातिको वर्षापछि तमोर नदीमा पानीको बहाव बढेको हुँदा तटिय क्षेत्रमा जोखिम बढेको छ। यसले गर्दा स्थानीय प्रशासनले तटिय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka