Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

कोशी प्रदेश

बेलिब्रिज भांचिदा घाइते भएका तीन जनाको विराटनगरमा मृत्यु

Calendar आइतबार, असार ०१, २०८२  | बिहान ९:३० बजे

विराटनगर । पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ ।

शनिबार बेलुका निर्माणधीन बेलिब्रिज भाँचिएपछि घाइते भएकालाई उपचार गर्न विराटनगर ल्याइएको थियो । घटनामा ६ जना मजदुर गम्भीर घाइते भएका थिए ।

बिज्ञापन

विराटनगरको नोबल मेडिकल कलेजमा उपचारका क्रममा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

दुर्घटनामा घाइते सिमराकै भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीको नोबेलमा उपचार भइरहेको छ ।

मेची राजमार्गको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने पुल शनिबार जडानको अन्तिम चरणमा पुगेको बेला भाँचिएको थियो । शनिबार पुल जडानपछि यातायात सञ्चालनको तयारी थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो