Premier Cables
Premier Steel

कोशी प्रदेश

टिकटकमा जनावर काटेको भिडिओ हाल्ने दुहबीका दुई जना पक्राउ, कुन जनावर भन्ने अनुसन्धान हुँदै

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २७, २०८२  | राती ८:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

दुहबी । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ मा जनवार काटेको भिडिओ सामाजिक सञ्जाल टिकटकमा भाइरल बनाएको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सार्वजनिक शान्ति खलल पार्न नहुने कानुनी प्रावधान विपरीत गतिविध गरेकाे आरोपमा दुइ जनालइ पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय दुहबीले जनाएकाे छ । पक्राउ पर्नेहरूमा दुहबी-६ बस्ने ३४ वर्षीय माे. मुख्तार र सोही स्थानका २५ वर्षीय जिया हुसेन रहेका छन्।

बिज्ञापन

इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले दिएको जानकारी अनुसार दुई दिनदेखि ‘mukhtaralam546’ नामक टिकटक आईडीबाट जनावर काटेको भिडिओ भाइरल भएको थियो। भिडिओ पोस्ट गर्ने व्यक्तिले हाल उक्त पोस्ट डिलिट गरिसकेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ। टिकटकमा भिडियो सार्वजनिक भएपछि यसकाे व्यापक विरोध भएकाे थियो । तर प्रारम्भिक अनुसन्धानका क्रममा छाला निकाली सकिएकाे जनावर देखिएकाे प्रनि तिमिल्सिनाले बताएका छन् ।

कुन जनवार थियो भन्ने अनुसन्धान भइरहेकाे उनले बताए । प्रहरीले जनावर काटिएकाे ठाउँबाट प्रहरीले छाला र हाड बरामद गरेकाे प्रनि तिमिल्सिनाले जानकारी दिए । बरामद गरिएकाे ठाउँमा राँगा काट्ने गरेकाे पाइएकाे पनि तिमिल्सिनाले बताएका छन् ।

तर गाइ नै भन्ने अवस्था नरहेकाे प्रहरीकाे भनाइ छ । अहिले सामाजिक सद्भाव खलल् पुग्ने देखिएकाेले अनुसन्धान भइरहेकाे बताइकाे छ । प्रमणा सङ्कलन गर्ने काम भइ रहेकाे छ र सार्वजनिक शान्ति खलल पार्न नहुने कानुनी मान्यता अनुरुप दुबैलाइ अदालतबाट सात दिनकाे म्याद थप भइ नियन्त्रणमा राखिएकाे प्रहरीले जनाइएकाे छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka