Premier Cables

अन्तराष्ट्रिय

मुम्बईमा गुडिरहेकाे रेलबाट १० जना यात्रु खसे

Calendar सोमबार, जेठ २६, २०८२  | अपराह्न ३:०९ बजे

काठमाडौं । भातरको मुम्बईस्थित ठाणे जिल्लाको मुम्ब्रा रेलवे स्टेसन नजिकै गुडिरहेको ट्रेनबाट १० जना यात्रु खसेका छन् । गुडिरहेको रेलबाट यात्रु खस्दा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

सोमबार बिहान कसरा(एएसएमटीको द्रुत लोकल ट्रेनबाट ती यात्रुहरू खसेको मध्य रेलवेका सीपीआरओ स्वप्निल धनराज नीलाले बताए । लोकल ट्रेनका गार्डलाई उदृत गर्दै उनले भने, ‘ठाणेको मुम्ब्रा र दिवा बीचको लोकल ट्रेनमा यात्रा गरिरहेका यात्रुहरू दुर्घटनामा परेका हुन् । सबै घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।’

बिज्ञापन

सीपीआरओ स्वप्निलका अनुसार मुम्ब्रा र दिवा रेलवे स्टेसनहरू बीचको डाउनरफास्ट लाइनमा दुर्घटना भएको थियो । उनका अनुसार एउटा रेल कसरा तर्फ र अर्को सीएसएमटी तर्फ गइरहेको थियो । दुवै रेलका केही यात्रुहरू फुटबोर्डमा उभिरहेका थिए । ती दुई रेल क्रस हुँदा यात्रुहरू एकआपसमा ठोक्किर रेलबाट तल खसे ।

सीपीआरओले यो टक्कर नभएको तर विपरीत दिशामा गइरहेका दुई रेलको फुटबोर्डमा यात्रा गरिरहेका यात्रुहरू एकअर्कासँग अल्झिएर दुर्घटना भएको स्पष्ट पारेका छन् । ‘सामान्यतया दुई रेलहरू बीच १।५ देखि २ मिटरको दुरी हुन्छ, तर जब रेल घुमाउरो हुन्छ, यो अलिकति ढल्किन्छ। यो दुर्घटना यही झुकावका कारण भएको हुन सक्छ,’ उनले भने ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो