Premier Cables
Premier Steel

राजनीति

विपक्षीको विरोधले चलेन प्रतिनिधि सभा बैठक

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ २५, २०८२  | साँझ ६:४५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विपक्षी दलको अवरोधले आइतबार पनि प्रतिनिधि सभाको चल्न सकेन । विपक्षी दलका सांसदले उठेर विरोध जनाएपनि सभामुख देवराज घिमिरले बैठक स्थगित गरे ।

दिउँसो दुई पटकसम्म सरेर बेलुका साढे ६ बजेदेखि सुरू भएको प्रतिनिधि सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो।

बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले बैठक चल्ने वातावरण बनाउन आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरूले विरोध जारी राखेका थिए।

बैठक सुरू भएको केही मिनेटमै सभामुख घिमिरेले कार्यसूची हटाएर भोलिसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन्।

सभामुखले सदन खुलाउनका लागि दलहरूबीच छलफल चलिरहेको र त्यसले सकारात्मक परिणाम निस्कने विश्वास व्यक्त गरेका छन्। सोमबार २ बजे बैठक बस्ने तय भएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka