Premier Cables

राजनीति

डा. शेखर कोइरालाको प्नश्न : किन चार वर्षभित्र अधिवशेन हुन सकेन ? सक्दैन?

Calendar शनिबार, जेठ २४, २०८२  | साँझ ४:४३ बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउंदो मंसिरमा पार्टी महाधिवेशन नगर्न पदाधिकारी लागेको भन्दै प्किरश्न गरेका छन् ।

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा कोइरालाले भने,” मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पदाधिकारी पछि हटेको देखियो । यसको जवाफ दिनुपर्छ । ”

बिज्ञापन

उनले नेपाली कांग्रेसको विधानमा महाधिवेशन चार वर्षमा गर्नुपर्ने प्रावधान रहेको स्मरण गराए । यसपटक के कारण महाधिवेशन गर्न रोकियो भन्दै प्रश्न गरे ।

महाधिवेशन रोक्नुपर्ने कारणबारे कार्यकर्ताहले नेतृत्वसँग प्रश्न गर्न सक्नुपर्नेमा उनको जोड छ ।

सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर
“केही त्यस्तो घटना देशमा भएको छैन, नेपाली कांग्रेसमा केही भएको छैन, किन चार वर्षभित्र अधिवशेन हुन सकेन ? सक्दैन ?,” उनको प्रश्न छ, “नेपाली कांग्रेसलाई यसैगरी चलाउने हो भने भविष्य कमजोर हुन्छ । अहिले हामी ठूलो पार्टी छौँ, तर हामी कहाँ छौँ ? तीन वर्षदेखि कहाँ छाैँ ?”

नेताहरूलाई प्रश्न गर्न नसक्ने कार्यकर्ता दास हुने उनको टिप्पणी छ । “तपाईंहरू कसैको दास होइन । यो कुरा गम्भीरतापूर्वक बुझ्नुस् ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer

हराएको र भेटिएको सूचना

Lost and Found Notice

बाइक हराएको सूचना

बाइक हराएको सूचना

✔ Resolved
बालिका हराएको सूचना

बालिका हराएको सूचना

राहदानी हराएको सूचना

राहदानी हराएको सूचना

स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो