काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।
राष्ट्रपति भवन परिसरमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सम्मानस्वरूप ‘गार्ड अफ अनर’ दिएको हो। त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए।
आइतबार भारत पुगेका प्रधानमन्त्री शाहको भ्रमणका क्रममा सोमबार विभिन्न उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रम तय भएका छन्।
कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह बिहान १०:४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन्। त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेछ।
बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ। वार्तापछि दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्बोधनको कार्यक्रम छ।
दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। त्यसपछि दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका सबै औपचारिक कार्यक्रम सकेर प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ।
