Premier Cables
Premier Steel

राष्ट्रिय

भिमफेदी जिप दुर्घटना अपडेट: ३ जनाको मृत्यु, ७ जना घाइते

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ०३, २०८३  | बिहान १०:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

हेटौंडा । मकवानपुर, भीमफेदी गाउँपालिका –०१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

२०८३ मंसिर ३ गते बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको हो ।

विज्ञापन

दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका थिए । घाइतेहरूलाई तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा बिहान ९:२० बजे चिकित्सकले ३ जनालाई मृत घोषणा गरेका हुन् ।

अन्य ७ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka