Premier Cables

समाचार

संघीय संसदका दुबै बैठक बस्ने कार्यसूची, के गर्लान् विपक्षी दलले?

Calendar शुक्रबार, जेठ २३, २०८२  | बिहान ७:४३ बजे

काठमाडौं । विपक्षी दलले प्रतिनिधि सभा लगातार अवरोध गरिरहेका छन् । यहीबीच शुक्रबार संघीय संसद्को दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ ।

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

बिज्ञापन

बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer

हराएको र भेटिएको सूचना

Lost and Found Notice

बाइक हराएको सूचना

बाइक हराएको सूचना

✔ Resolved
बालिका हराएको सूचना

बालिका हराएको सूचना

राहदानी हराएको सूचना

राहदानी हराएको सूचना

स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो