Premier Cables
Premier Steel

समाचार

मन्त्रिपरिषद्को निर्णयविरुद्ध पहिलो पटक अख्तियारका मुद्दा

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar शुक्रबार, जेठ २३, २०८२  | बिहान ७:३८ बजे

काठमाडौं । मन्त्रिपरिषद्ले गरेको कुनै पनि निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको यो पहिलो पटक हो ।

यसअघि बालुवाटारको सरकारी जग्गा घोटाला प्रकरणमा भने अख्तियारले पूर्वप्रधानमन्त्रीहरूविरुद्ध मुद्दा लगाएको थिएन ।

बिज्ञापन

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिए पनि उहाँहरूलाई प्रतिवादी बनाएको थिएन । मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि अभियोजन गर्न सक्ने कानुनी प्रावधान नभएको भन्दै त्यस बेला अख्तियारले पूर्वप्रधानमन्त्रीहरूविरुद्ध मुद्दा नलगेको हो ।

यो प्रकरणमा तत्कालीन मन्त्री तथा कर्मचारीहरूलाई विपक्षी बनाइएको थियो ।

तर अहिले सरकारी नीतिगत निर्णयमार्फत भएको पतञ्जलिका नाममा भएको जग्गा हिनामिना प्रकरणमा भने अख्तियारले पूर्वप्रधानमन्त्री नेपाललाई प्रतिवादी बनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णयमाथि छानबिन गर्ने अधिकार कानुनले दिएको छैन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka