Premier Cables
Premier Steel

खेलकुद

यू-१९ एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तानसँग १०१ रनले पराजित

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक २४, २०८३  | साँझ ७:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। ओमानमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४३.४ ओभरमा १७४ रनमै समेटियो।

विज्ञापन

नेपालका लागि रोहित चन्दले सर्वाधिक ३७ रन बनाए। उनले ५४ बलको सामना गर्दै ३ चौका प्रहार गरे। निरजकुमार यादवले ५९ बलमा २९ रन जोड्दा अभय यादवले १६ बलमा आक्रामक २३ रन बनाए।

त्यस्तै, सूर्यांशु कोइरालाले २२, दर्श सोनारले २०, सोहेल कुँवरले १४, रोशन शाहीले ७ र आशिष लुहारले ६ रन बनाए। कप्तान विपिन शर्मा १ रनमा अविजित रहे।

नेपालको इनिङ्स ध्वस्त पार्ने क्रममा पाकिस्तानका अहमद हुसेनले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए। मोहम्मद हुजैफा र मोहम्मद सय्यमले समान २ विकेट लिँदा जहांगिर बिलाल र रिजवानुल्लाहले १–१ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो।

पाकिस्तानका लागि अहमद हुसेनले सर्वाधिक ८९ रनको योगदान दिए। उनले ७३ बलमा ७ चौका र २ छक्का प्रहार गरे। कप्तान फरहान युसुफले ९५ बलमा ७४ रन बनाए। त्यस्तै, हसनैन अब्बास दारले २५, जहांगिर बिलालले २२ र उस्मान खानले १९ रन जोडे।

बलिङतर्फ नेपालका कप्तान विपिन शर्माले १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए। सुशिल रावलले २ तथा सचिन भट्ट र अभय यादवले समान १ विकेट लिए।

पाकिस्तानसँगको हारसँगै नेपालको यू–१९ एसिया कप यात्रा समाप्त भएको छ। नेपाल यसअघि भारतसँग १० विकेट र यूएईसँग ७ विकेटले पराजित भएको थियो। लगातार तीन खेलमा पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka