Premier Cables
Premier Steel

राष्ट्रिय

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु, एक घाइते

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १७, २०८३  | बिहान ९:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेका छन् ।

विज्ञापन

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा ठोक्किएको जानकारी प्राप्त भएको बताए । उनले घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको पनि जानकारी दिए ।

दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka