Premier Cables
Premier Steel

विराटनगर

हेरिटेजकी छात्रा अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा उपविजेता

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १६, २०८३  | राती ९:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । शिक्षा र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट पहिचान बनाउँदै आएको हेरिटेज इन्टरनेसनल स्कुल (Heritage International School) ले फेरि एकपटक अन्तर्राष्ट्रियस्तरमा गौरवशाली सफलता हासिल गरेको छ।

प्रसिद्ध संस्था GD Goenka द्वारा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता “Himalayan Ink” मा यसै विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा अभिलाषा दाहालले दोस्रो उपविजेता (Outstanding Position) को उपाधि प्राप्त गर्न सफल भएकी छिन्।

विज्ञापन

विभिन्न देशका विद्यालय र प्रतिभावान विद्यार्थीहरूको सहभागिता रहेको यस कडा प्रतिस्पर्धात्मक कार्यक्रममा अभिलाषाले आफ्नो अद्भूत वाककला, आत्मविश्वास र समसामयिक विषयमा प्रस्तुत गरिएको सशक्त तार्किक विचारद्वारा निर्णायक मण्डल तथा दर्शकहरूको मन जित्न सफल भइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka