Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

जर्मनीमा महँगीविरुद्धको जेनजी प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट र प्रहरीसँग झडप

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १५, २०८३  | अपराह्न १२:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जर्मनी । जर्मनीको फ्याङ्कफर्टसहित विभिन्न सहरमा महँगी, सरकारी खर्च कटौती र अनिवार्य सैन्य सेवाविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ।

शनिबार राति फ्याङ्कफर्टमा प्रदर्शनकारीहरूले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन्। बीबीसीका अनुसार बर्लिन, कोलोन र ह्यामबर्गमा समेत हिंसात्मक घटना भएका छन्।

विज्ञापन

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन पानीको फोहरा प्रयोग गरेको थियो। प्रदर्शनकारीहरूले प्रहरी तथा आपतकालीन सेवाका कर्मचारीमाथि पटाका, ढुङ्गा र बोतल प्रहार गरेका थिए। घटनामा प्रहरीले कैयौँलाई पक्राउ गरेको छ।

‘जेनजी रेगेल्ट’ अभियानको ब्यानरमा आयोजित प्रदर्शनमा फ्याङ्कफर्ट, म्युनिख र बर्लिनमा गरी करिब १८ हजार मानिस सहभागी भएका थिए।

प्रदर्शनकारीहरूले विद्यालयमा बजेट वृद्धि, जीवनयापनको बढ्दो लागत नियन्त्रण, सरकारी खर्च कटौतीको विरोध तथा अनिवार्य सैन्य सेवा खारेजीको माग गरेका छन्।

अभियानकी प्रवक्ता लीना फ्रेडरिकले स्वास्थ्य र शिक्षा प्रणालीमा सुधार तथा शान्ति र स्वतन्त्रताको पक्षमा प्रदर्शन गरिएको बताएकी छन्।

दिउँसो शान्तिपूर्ण रहेको प्रदर्शन रात पर्दै जाँदा हिंसात्मक बनेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka