Premier Cables
Premier Steel

राजनीति

स्थानीय तह निर्वाचनमा उमेदवार हुन रास्वपामा उम्मेदवारी आवेदन खुला

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १५, २०८३  | बिहान १०:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ ।

पार्टीले उम्मेदवार छनोट तथा समन्वयका लागि सातवटा उपसमिति गठन गर्नुका साथै महानगरपालिका र उपमहानगरपालिकाका वडास्तरीय पदमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदन खुला गरेको छ ।

विज्ञापन

१५ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बैठक बसेको थियो ।

पार्टी प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिअनुसार उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।

जसअनुसार क्यान्डिडेट क्लब उपसमितिको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक र गुनासो समन्वय उपसमितिको संयोजकमा जनकसिंह धामीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोसिमा कार्की चयन भएकी छन् ।

रास्वपाले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका विभिन्न पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको छ । पार्टीले उपसमितिमार्फत उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित र समन्वयात्मक बनाउने तयारी गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka