Premier Cables
Premier Steel

राष्ट्रिय

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक ३ अर्ब २१ करोड घाटा

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १४, २०८३  | राती १०:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविककै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिएको छ । आसन्न चाडपर्व र आमउपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने निर्णय गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको छ । भारतबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसकिएको निगमले स्पष्ट पारेको छ ।

विज्ञापन

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट २०८३ कात्तिक १४ गते नयाँ खरिद मूल्य प्राप्त भएको थियो । तर, सोही दिन बसेको निगम सञ्चालक समितिको बैठकले चाडपर्वको समय र उपभोक्ताको हितलाई मध्यनजर गर्दै हाल कायम खुद्रा बिक्री मूल्य नै यथावत् राख्ने निर्णय गरेको हो ।

निगमका अनुसार मूल्य यथावत् राख्दा पनि हालको अवस्थामा पाक्षिक रूपमा ३ अर्ब २१ करोड ४२ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पनि उपभोक्तालाई तत्काल मूल्यवृद्धिको भार नपरोस् भन्ने उद्देश्यले निगमले साविककै मूल्य कायम राखेको जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka