Premier Cables
Premier Steel

खेलकुद

वर्षाले लुम्बिनी र चितवनबीचको खेल रद्द, दुवै टोलीले बाँडे अंक

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १४, २०८३  | साँझ ५:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । निरन्तर वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत साबिक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ ।

शनिबार (कात्तिक १४) नेपाल क्रिकेट संघ (क्यान)ले वर्षाका कारण खेल सञ्चालन गर्न नसकिएको जनाएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।

विज्ञापन

योसँगै लुम्बिनी र चितवनको समान तीन–तीन अंक भएको छ । अंकतालिकामा लुम्बिनी दोस्रो र चितवन तेस्रो स्थानमा छन् । समान अंक भए पनि रनरेटका आधारमा लुम्बिनी चितवनभन्दा अगाडि रहेको छ ।

लुम्बिनीले प्रतियोगिताको उद्घाटन खेलमा कात्तिक ९ गते सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो । त्यस्तै, चितवनले विराटनगर किंग्सलाई आठ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो ।

यसैबीच, वर्षाका कारण शनिबारकै दोस्रो खेल पनि प्रभावित हुने सम्भावना छ । साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुने तालिका छ ।

काठमाडौंमा जारी वर्षा नरोकिए दोस्रो खेलसमेत सञ्चालन गर्न कठिन हुने देखिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka