Premier Cables
Premier Steel

खेलकुद

एन्फाको निमित्त महासचिवमा बद्री भट्टराई नियुक्त, बहुमत कार्यसमितिबाट यस्ता निर्णय

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १३, २०८३  | साँझ ६:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निमित्त महासचिवमा सहायक महासचिव बद्री भट्टराई नियुक्त भएका छन्।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा शुक्रबार बसेको बहुमत कार्यसमिति बैठकले भट्टराईलाई निमित्त महासचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

विज्ञापन

२१ सदस्यीय कार्यसमितिमध्ये १२ सदस्यको आह्वानमा बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि भट्टराईलाई निमित्त महासचिव नियुक्त गर्ने निर्णय गरेको खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महासचिव किरण राईविरुद्ध नै अभियोजन दर्ता भएकाले संघको दैनिक प्रशासनिक तथा कार्य सञ्चालनमा सहजता ल्याउन भट्टराईलाई जिम्मेवारी दिइएको विज्ञप्तिमा जनाइएको छ।

‘महासचिव किरण राईविरुद्ध नै अभियोजन परेकोले दैनिक कार्य सञ्चालन गर्न, संघको तर्फबाट सम्बन्धित निकायलगायतमा आवश्यक पत्राचार गर्न र अन्य प्रशासनिक कार्य गर्नका लागि अर्को निर्णय नहुन्जेलसम्मका लागि नियुक्त गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

एन्फा विधानको धारा ३८(६) तथा ६६(४) मा रहेको व्यवस्थाअनुसार कार्यसमितिको अधिकार क्षेत्रभित्र रहेर निमित्त महासचिव मनोनीत गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

फिफा निलम्बनबारे अध्ययन गर्न समिति गठन

बैठकले फिफा निलम्बनसम्बन्धी विषयमा एन्फालाई प्राप्त पत्रहरूको अवस्था अध्ययन तथा जानकारी लिन उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ।

समितिमा उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी, कार्यसमिति सदस्यद्वय मनिष जोशी र टीकाराम लामा तथा निमित्त महासचिव बद्री भट्टराई रहेका छन्।

त्यस्तै, एन्फा निर्वाचनका विषयमा फिफा, एसियाली फुटबल महासंघ (एएफसी) र नेपाल सरकारसँग भौतिक उपस्थितिमै छलफल तथा आवश्यक पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले एन्फा कार्यसमिति सदस्य दीपेन्द्र धिमालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने निर्णयसमेत गरेको छ।

यसअघि गत कात्तिक ११ गते वरिष्ठ उपाध्यक्ष खड्कासहित बहुमत कार्यसमिति सदस्य एन्फा मुख्यालय पुगेर ताला खोली बैठकको तयारी गरेका थिए।

अनियमितताको अनुसन्धानपछि एन्फा नेतृत्व विवादमा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो, भ्रष्टाचार तथा अन्य अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्रमान जोशी र लेखा अधिकृत सञ्जिव पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो।

उक्त घटनापछि एन्फाको नेतृत्व, प्रशासनिक सञ्चालन तथा निर्वाचन प्रक्रियालाई लिएर विवाद थप चर्किएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka