Premier Cables
Premier Steel

अन्तराष्ट्रिय अपराध

विश्वकै ठूलो क्रिप्टो प्लेटफर्म बाइनान्समा साइबर हमला, अर्बौं डलर जोखिममा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १३, २०८३  | अपराह्न १:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्समा साइबर आक्रमण भएको आशंका गरिएको छ । घटनामा करिब ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको रकम चोरी भएको कम्पनीले जनाएको छ ।

कतारको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार सम्भावित साइबर आक्रमणपछि बाइनान्सले करिब तीन अर्ब अमेरिकी डलर बराबरको रकम रोक्का गरेको छ । थप रकम सुरक्षित गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ ।

विज्ञापन

बाइनान्सले बिहीबार निक्षेप जम्मा गर्ने तथा रकम झिक्ने सेवा अस्थायी रूपमा बन्द गरेको थियो । कम्पनीको प्रारम्भिक अनुसन्धानअनुसार एक इन्जिनियरको ल्यापटपमा अनधिकृत पहुँच बनाएर कारोबार प्रणालीमा प्रवेश गरिएको र त्यसैमार्फत अनधिकृत कारोबार भएको देखिएको छ ।

कम्पनीले प्रयोगकर्ताको रकम सुरक्षित रहेको दाबी गर्दै घटनाबाट भएको क्षतिको सम्पूर्ण जिम्मेवारी लिने जनाएको छ । अनुसन्धान पूरा भएपछि विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गर्ने र आक्रमणकारीको पहिचान गरी कानुनी कारबाहीका लागि सुरक्षा निकायसँग सहकार्य गर्ने पनि बाइनान्सले बताएको छ ।

ब्लकचेन अनुसन्धान संस्था टीआरएमले उत्तर कोरियाको सरकारी समर्थन प्राप्त ह्याकर समूह ‘ट्रेडरट्रेटर’ आक्रमणमा संलग्न रहेको उच्च विश्वासका साथ आकलन गरेको छ । यस घटनाले क्रिप्टोकरेन्सी कारोबारमा विद्यमान साइबर सुरक्षा जोखिमलाई थप उजागर गरेको संस्थाको भनाइ छ ।

घटनापछि विश्वकै चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य करिब पाँच प्रतिशतले घटेर ७७ हजार अमेरिकी डलरभन्दा तल झरेको थियो । ठूलो कारोबार प्लेटफर्ममा भएको यस्तो घटनाले क्रिप्टो बजारप्रति लगानीकर्ताको विश्वासमा असर पार्न सक्ने बजार विश्लेषकहरूले बताएका छन् ।

बाइनान्सका संस्थापक तथा प्रमुख सेयरधनी चाङपेङ झाओले पनि प्लेटफर्ममा साइबर आक्रमण भएको हुन सक्ने बताएका छन् । सन् २०२३ मा प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका झाओले प्रयोगकर्ताको रकम सुरक्षित गरिने अपेक्षा व्यक्त गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka