काठमाडौं । नेपाली बजारमा सोमबार युरोपेली युरोको मूल्यमा वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा कायम भएको छ। आइतबारको तुलनामा दुवै दरमा वृद्धि भएको हो।
यता, अमेरिकी डलरको दर भने स्थिर रह्यो। डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा मा यथावत् रहेको छ।