Premier Cables
Premier Steel

राष्ट्रिय

आईजीपी कार्कीको राजीनामाबारेका समाचार अपुष्ट रहेको प्रहरीको स्पष्टोक्ति

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १२, २०८३  | राती ९:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचारप्रति आपत्ति जनाउँदै अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञापन

प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता अविनारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा आईजीपी कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीहरू सार्वजनिक भइरहेको उल्लेख छ ।

प्रहरीले यस्ता अपुष्ट, भ्रामक, तथ्यहीन तथा स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालालाई आग्रह गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka