Premier Cables
Premier Steel

खेलकुद

लोकेसको विस्फोटक ब्याटिङ, विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १२, २०८३  | साँझ ६:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्स कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले कर्णालीलाई जितका लागि १८७ रनको विशाल लक्ष्य दिएको छ ।

विज्ञापन

टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन जोड्यो ।

ओपनर लोकेश बमले आक्रामक पारी खेल्दै ८७ रनको योगदान दिए । ५२ बल खेलेका उनले ९ छक्का र ३ चौका प्रहार गरे ।

यस्तै, एन्जेलो डेभिस म्याथ्युज ३१ तथा आन्द्रे रसेलले २७ रन जोडे ।

एक समय विराटनगरले २०० रन कटाउने देखिएको थियो । तर, कर्णालीका कप्तान सोमपाल कामीले रसेल र म्याथ्युजलाई आउट पार्दै विराटनगरलाई रोके ।

सोमपालले चार विकेट लिए भने नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka