Premier Cables
Premier Steel

शेयर बजार

सेयरबजारमा दोहोरो अंकको बढोत्तरी

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १२, २०८३  | अपराह्न ३:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा उक्लिएको छ ।

नेप्सेमा सूचीकृत ३४८ कम्पनीको १ करोड ९३ लाख ९४ हजार २५९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

विज्ञापन

आज व्यापार समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक हाइड्रो समूह २.०६ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक समूह १.११ प्रतिशत, फाइनान्स समूह १.५५ प्रतिशत, होटल तथा पर्यटन समूह १.३४ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, जीवन बीमा समूह १.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६६ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.८७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.५१ प्रतिशत, निर्जीवन बीमा समूह ०.४४ प्रतिशत र अन्य समूह ०.८५ प्रतिशतले बढेको छ ।

साथै व्यापार समूह भने ०.४४ प्रतिशतले घटेको छ ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, “धितोपत्र बोर्डले यसअघि ल्याएका अधिकांश नीतिबारे स्पष्टता नहुँदा बजार प्रभावित भएको थियो। धेरै लगानीकर्ताले नीति नै राम्रोसँग नबुझ्दा पनि बजारले गति लिन सकेन।”

उनका अनुसार ब्रोकरहरूको भुक्तानी प्रणाली डिजिटल हुँदै गएकाले कमिसन वा हिसाबकिताबमा हेरफेर गर्ने सम्भावना घटेको छ। आगामी वित्तीय प्रतिवेदनमा बैंकहरूको नतिजा राम्रो आउने अपेक्षा रहेको उल्लेख गर्दै उनले अहिलेको योजना र नीतिगत व्यवस्था सकारात्मक रहेको बताए।

“प्लान र पोलिसी सबै राम्रो देखिएको छ, अब बजार दौडिन मात्रै बाँकी छ,” ढकालले भने, “अहिले हाइड्रोपावर क्षेत्रमा लगानीको अवसर राम्रो देखिएको छ। जलविद्युत् कम्पनीहरूको व्यवसाय पनि फस्टाउने संकेत छ।”

उनले लामो समयदेखि ‘पर्ख र हेर’को अवस्थामा बसेका लगानीकर्ताहरू पनि अहिले क्रमशः बजारप्रति सक्रिय र जागरुक हुन थालेको बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka