Premier Cables
Premier Steel

चलचित्र

गायकद्वय दुर्गेश थापा र आनन्द कार्कीको विवाद के हो ?

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १२, २०८३  | अपराह्न १२:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गायक आनन्द कार्कीले गायक तथा पर्फमर दुर्गेश थापाले पारिश्रमिक नदिएको विषयमा उठाएको विवादबारे जवाफ दिएका छन् । दुर्गेशले सम्झौतापत्र सार्वजनिक गर्दै कार्कीले पारिश्रमिक लिइसकेको दाबी गरेपछि कार्कीले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

दुर्गेशले सार्वजनिक गरेको सम्झौतापत्रमा कार्कीले आफूले पाउनुपर्ने पारिश्रमिक बुझिसकेको उल्लेख छ । उक्त कागजातमा कार्कीको हस्ताक्षरसमेत रहेको छ ।

विज्ञापन

सम्झौतापत्र सार्वजनिक भएपछि कार्कीले फेसबुकमा लामो स्टाटस लेख्दै त्यसमा केही महत्त्वपूर्ण पक्ष छुटेको बताएका छन् । उनले पारिश्रमिक अन्ततः प्राप्त गरे पनि त्यसका लागि करिब एक वर्ष कुर्नुपरेको विषयलाई मुख्य रूपमा उठाएका छन् ।

‘कलाकारले आफ्नो श्रमको मूल्य पाउन यति लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थालाई सामान्य व्यावसायिक अभ्यासका रूपमा लिन सकिँदैन,’ कार्कीले लेखेका छन् ।

उनका अनुसार असन्तुष्टि पारिश्रमिकको रकममा मात्रै सीमित छैन । भुक्तानीमा भएको ढिलाइ, संवादको अभाव र व्यावसायिक जिम्मेवारीप्रतिको अपेक्षा पनि विवादका मुख्य विषय रहेको उनले उल्लेख गरेका छन् ।

आफ्नो उद्देश्य कसैलाई बदनाम गर्नु नभएको स्पष्ट पार्दै कार्कीले कलाकारको श्रमको सम्मान, समयमै पारिश्रमिक भुक्तानी र व्यावसायिक इमानदारीको विषयमा ध्यानाकर्षण गराउन खोजेको बताएका छन् ।

दुर्गेशले सम्झौतापत्र सार्वजनिक गरेपछि कार्कीले दिएको यो जवाफसँगै दुई गायकबीचको पारिश्रमिक विवाद फेरि चर्चामा आएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka