Premier Cables
Premier Steel

मनोरञ्जन

भारतीय हिपहप गायक दिलजीत दोसांझको महाराजा ‘लुक्स’ ले विश्व फेशनमा तहल्का !

नेपाली मूलका प्रबल गुरुङले गरेका हु्न् डिजाइन

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १८, २०८२  | अपराह्न १:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

गत महिनाको मेट गालामा भारतीय गायक दिलजीत दोसांझको पहिलो उपस्थितिले विश्व फेशन क्षेत्रमा गहिरो प्रभाव पारेको छ। ४१ वर्षीय दोसांझ, जो कोचेलामा प्रस्तुति दिने पहिलो पञ्जाबी संगीतकर्मी हुन्, उनले रेड कार्पेटमा बीसौं शताब्दीको प्रारम्भका महाराजाजस्तै पोशाकमा हिँडे।

डिजाइनर प्रबल गुरुङले तयार पारेको उनका हातीदाँत र सुन जडित पोशाक, रत्नजडित पखेटावाला पगडीसहित, भारतमा हप्तौंसम्म ट्रेन्डमा रह्यो। उनले लगाएको हिराको आकर्षक माला – जुन पहिले पञ्जाब राज्यका एक पूर्व राजाद्वारा लगाइएको कार्टियर डिजाईनबाट प्रेरित थियो – विशेष चर्चामा रह्यो। त्यसैगरी, पन्थेरे डी कार्टियर घडी, सिंहको टाउको जस्तो डिजाइन गरिएको गहना जडित तरबार, र पछाडि दोसांझको गृह राज्य पञ्जाबको नक्सा र गुरमुखी अक्षरहरू कढिएको केपले पोशाकलाई पूर्णता दिएको थियो। दोसांझका लागि यस्तो शैली नौलो होइन।

बिज्ञापन

जसरी उनले संगीतमा आफ्नै छुट्टै पहिचान बनाएका छन्, त्यसरी नै फेशनमा पनि – उनले परम्परागत पञ्जाबी शैलीलाई पश्चिमी प्रभावसँग मिसाएर एउटा अनौठो तर लोकप्रिय फेशन शैली स्थापित गरेका छन्। उनी प्रायः लुज प्यान्ट, भारी स्निकर, र रङ्गीन पगडीसँग मिल्ने थुप्रै गहना लगाएको अवस्थामा देखिन्छन्। यस्तो अद्वितीय अभिव्यक्तिले करोडौं मानिसको मन जितेको छ र परम्परागत पञ्जाबी पहिरनमा नयाँ प्रयोगहरू गराउन प्रेरित गरेको छ।

यी परिवर्तनहरू हरेक ठाउँमा महसुस गर्न सकिन्छ। क्यालिफोर्नियामा आयोजित १६ मिनेटको उच्च तीव्रताको भांगडा प्रतियोगिता उच्च प्रदर्शन स्निकर बिना सम्भव हुन्न। बर्लिनको बेसमेन्ट भांगडाु नाइटहरूमा क्रप टप र डिकन्स्ट्रक्टेड प्यान्ट लगाएर रमाइन्छ।
पञ्जाबी संगीत आफैँमा आजभोलि ऊर्जाशील र उच्च ध्वनि स्तरको भएको छ – जसमा शहरहरूको नाम र अन्तर्राष्ट्रिय ब्रान्डहरूका उल्लेखले भरिएका गीतहरू हुन्छन्। यो एक सब–कल्चर बनेको छ।

गेट्टी इमेजस् विनिपेग भांगडा एकेडेमीका नर्तकहरूले १२ डिसेम्बर २०२४ मा क्यानाडा लाइफ सेन्टरमा एनएचएल खेलको सुरुमा प्रदर्शन गरे।
भांगडा नर्तकहरूले आफ्नो संस्कृतिलाई दर्शाउन परम्परागत गहना ९जस्तै गला हार० पनि प्रयोग गर्छन्।

दोसांझ मात्र होइन, अन्य धेरै पञ्जाबी गायकहरूले पनि क्षेत्रीय फेशनमा प्रभाव पारेका छन्। केही समयअघि, पञ्जाबी(क्यानाडियन गायक ज्याजी बीका बिस्कुट जत्रा औंठी, ठूलो साइजको काँडा लटकन, र चाँदी रंगको कपाल चर्चामा थिए।
हालै, गायक बादशाहका पहेंलो रंगका चश्मा, यो यो हनी सिंहका बग्गी हुडीहरू, र एपी ढिल्लोंका लुई भिटन बम्बर ज्याकेट र चानेल घडीहरू पञ्जाबी युवाहरूबीच निकै लोकप्रिय छन्।

तर ती सबैको प्रभाव मुख्यतः क्षेत्रीय सीमिततामा बाँधिएको थियो। दोसांझ र उनका जस्ता केही कलाकारहरूले चाहिँ यसलाई विश्वस्तरमा पुर्‍याएका छन्। उनीहरूको शैलीले सिख डायस्पोरा मात्र होइन, फराकिलो अन्तर्राष्ट्रिय दर्शकसमेतलाई बोलाएको छ। उदाहरणका लागि, दोसांझले गत वर्षको वर्ल्ड टूरका क्रममा लगाएका टि–सर्ट, मोतीको माला र स्निकरहरू केही घण्टामा नै बिक्री भइसकेका थिए। ढिल्लोंले पेरिस कुटुर सप्ताहमा देखाएको फेशनले पञ्जाबी युवाहरूबीच अभिलाषा जगाएको छ।

सांस्कृतिक विज्ञहरू भन्छन्, यो सङ्गीत र फेशनको पुनराविष्कार पश्चिमी पप–संस्कृति र सन्दर्भसँग गाँसिएको छ, किनभने अधिकांश कलाकारहरू पश्चिममा बसोबास र प्रदर्शन गर्छन्।

पञ्जाबी पुरुषहरू आविष्कारशील हुन्छन्। पञ्जाब सधैं मिश्रणको अगुवा रहँदै आएको छ। यो मिश्रित संस्कृतिको पक्षपाती छ। विशेष गरी पञ्जाबी प्रवासी समुदाय – चाहे उनीहरू गेट्टोमा बाँचून्, उनीहरू आफ्नै जीवनका शोमेन हुन्,ू कलाविद्, लेखक तथा संग्रहालय क्युरेटर अल्का पाण्डे भन्छिन्।

वर्षौंमा, जब प्रवासी पञ्जाबी समुदाय विस्तार भयो, नयाँ पुस्ताका संगीतकारहरूले आधुनिक हिप हप धुनहरूलाई परम्परागत पञ्जाबी सौन्दर्यसँग मिसाउन थाले। सुनका सिक्री, कृत्रिम फरको ज्याकेट, ठूलो साइजका गहना, ब्रेड ९चोटी० र दाह्रीजस्ता अनौठो शैलीहरूको भाषाले मिडिया लेख, किताब र दक्षिण एशियाली संस्कृतिका बारेमा डक्टरेट तहका अनुसन्धानसम्म प्रेरित गर्यो।

जब सन् २००० को दशकमा विलासी ब्रान्डहरू भारतमा प्रवेश गरे, तब पञ्जाबमा यो शैली तुरुन्तै लोकप्रिय भयो। पञ्जाबका अधिकांश किसान समुदायका लागि यो सफलता र समृद्धिको प्रतीक बनेर आयो – जसरी सफलतालाई देखिनु पर्छ भन्ने परिकल्पनाको प्रतिबिम्ब जस्तै।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka