Premier Cables
Premier Steel

खेलकुद

एनपीएल खेल्न आएका खेलाडी पाकिस्तान फर्किने

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १०, २०८३  | अपराह्न १२:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि स्वदेश फर्किने भएका छन् ।

पाकिस्तानले श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाका लागि बोलाएपछि फरहान पाकिस्तान फर्किन लागेका हुन् । कर्णाली याक्सले यसबारे जानकारी दिएको छ ।

विज्ञापन

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकेपछि पुनः एनपीएलमा फर्किने सम्भावना छ । उनी फर्किने समयसम्मका लागि उनको स्थानमा अर्को खेलाडी ल्याउने तयारी भइरहेको घिमिरेले बताएका छन् ।

यसैबीच, घिमिरेले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई अनापत्ति प्रमाणपत्र (एनओसी) दिन थप २५ हजार अमेरिकी डलर मागेको बताएका छन् ।

खेलाडीहरूले एनओसी लिएर नेपाल आइसकेपछि थप रकम मागिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka