Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

हिटलरको ऐतिहासिक विश्रामस्थल ‘इगल्स नेस्ट’मा भीषण आगलागी,

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८३  | बिहान ७:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। जर्मनीको बाभारिया राज्यस्थित एडोल्फ हिटलरको ऐतिहासिक विश्रामस्थल ‘इगल्स नेस्ट’मा भीषण आगलागी भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

‘केहलस्टाइनहाउस’ नामले समेत चिनिने उक्त भवनमा शुक्रबार साँझ आगलागी भएको हो। सन् १९३८ मा नाजी अधिकारीहरूका लागि अतिथिगृहका रूपमा निर्माण गरिएको यो भवनलाई हिटलर र उनका निकट सहयोगीहरूले विश्रामस्थलका रूपमा प्रयोग गर्ने गरेका थिए।

विज्ञापन

प्रहरीका अनुसार स्थानीय समयअनुसार शुक्रबार राति ९ बजेर १५ मिनेटमा बर्चेसगाडेनको ओबरसाल्जबर्गस्थित भवनमा आगलागी भएको सूचना प्राप्त भएको थियो। त्यसपछि घटनास्थल पुगेका दमकलकर्मीहरूले भवनमा आगोका ठूला ज्वाला देखेका थिए।

समुद्री सतहबाट करिब एक हजार ८३४ मिटर उचाइमा रहेको भवनसम्म दमकलका गाडी पुर्‍याउन कठिनाइ भएको बताइएको छ। आगलागीपछि भवन आगोको ज्वालाले घेरिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आपराधिक अनुसन्धान सुरु गरेको छ। आगलागी कसरी भयो र यसमा पक्राउ परेका व्यक्तिको संलग्नता के छ भन्ने विषयमा भने अनुसन्धानबाट थप विवरण खुल्न बाँकी छ।

दोस्रो विश्वयुद्धका क्रममा भएका बमबारीबाट जोगिएको यो भवन अहिले ऐतिहासिक पर्यटकीय स्थलका रूपमा संरक्षण गरिएको छ। नाजी शासनसँग जोडिएको यसको ऐतिहासिक महत्त्वका कारण आगलागीको घटनालाई चासोका साथ हेरिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka