Premier Cables
Premier Steel

समाचार

आठ दिनदेखि गाडी फिर्ता नगरेको भन्दै चालकको आरोप

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक ०८, २०८३  | साँझ ७:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाडी आठ दिन बितिसक्दा पनि फिर्ता नगरेको भन्दै चालक सुरेश कुमार यादवले सशस्त्र प्रहरीमाथि आरोप लगाएका छन्। पत्रकार सम्मेलनमार्फत उनले गाडी नियन्त्रणमा लिनुको कारण, छानबिनको अवस्था र हालसम्मको कारबाहीबारे स्पष्ट जानकारी दिन सम्बन्धित निकायसँग माग गरेका छन्।

चालक यादवका अनुसार गाडीमा कुनै अवैध सामान फेला नपरेको र आवश्यक कागजातसमेत दुरुस्त रहेको अवस्थामा लामो समयसम्म गाडी नियन्त्रणमा राखिएको छ। उनले गाडीमा कानुनी त्रुटि भेटिएको भए प्रमाणसहित सार्वजनिक गर्न र नियन्त्रणमा राख्नुपर्ने कानुनी आधार नभए तत्काल फिर्ता गर्न माग गरेका छन्।

विज्ञापन

चालक पक्षले आफूहरू कानुनी जाँच तथा अनुसन्धानको विरोधी नभएको स्पष्ट पार्दै अनुसन्धान प्रक्रिया पारदर्शी, निष्पक्ष र जवाफदेही हुनुपर्नेमा जोड दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka