Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा दसैँको टीकाको चौथो दिन पनि टीका र जमरा लगाउने क्रम जारी

वृजेश पंडित Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक ०८, २०८३  | बिहान ९:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बडादसैँअन्तर्गत विजया दशमीको टीकाको चौथो दिन आज पनि विराटनगरमा टीका र जमरा लगाएर दसैँ मनाइँदै छ। मान्यजनका हातबाट टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने क्रम जारी रहेको छ।

विजया दशमीको मुख्य दिन बुधबार टीका थाप्न नभ्याएका व्यक्तिहरूले आज पनि आफन्त तथा मान्यजनका घरमा पुगेर टीका लगाइरहेका छन्।

विज्ञापन

नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने परम्पराअनुसार विराटनगरमा पनि परिवार तथा आफन्तबीच टीका लगाउने क्रम चलिरहेको छ।

बडादसैँको मुख्य दिन विजया दशमी भए पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा लगाउने परम्परा रहिआएको छ। यससँगै विराटनगरमा दसैँको रौनक र चहलपहल अझै कायम रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka