Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा पहिलोपटक ‘अनलिमिटेड बफेट’ सेवा सुरु

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २९, २०८३  | अपराह्न २:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। विराटनगर महानगरपालिका–३ कञ्चनबारीमा रोयल बफेट एन्ड गेस्ट हाउले आजदेखि अनलिमिटेड बफेट सेवा सुरु गरेको छ। भारतमा निकै लोकप्रिय रहेको बफेट डाइनिङको अवधारणालाई विराटनगरमा पहिलोपटक भित्र्याइएको सञ्चालकहरूले बताएका छन्। यो अवधारणा काठमाडौंमा पनि प्रचलनमा रहेको छ।

तीन जना युवा उद्यमी पपु अन्सारी, श्याम तिमल्सिना र रञ्जन कुमार शाहीको संयुक्त लगानीमा सञ्चालनमा आएको बफेटमा करिब ५० लाख रुपैयाँ लगानी गरिएको जनाइएको छ।

विज्ञापन

यहाँ ३० भन्दा बढी परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ। उद्घाटनको अवसरमा २९९ रुपैयाँको विशेष अफर राखिएको छ, जसमा veg बफेट उपलब्ध हुनेछ। उक्त अफर शनिबारसम्म मात्र रहने जनाइएको छ।

त्यस्तै, ७९९ रुपैयाँको प्याकेजमा ३० भन्दा बढी आइटम, स्नयाक्स, मेन कोर्स तथा विभिन्न भेज परिकार उपलब्ध हुनेछन्। मटनका पारखीका लागि १ हजार १९९ रुपैयाँको प्याकेजसमेत राखिएको छ।

रोयल बिरयानीका विभिन्न स्थानमा करिब १० देखि ११ वटा शाखा रहेको र तीमध्ये चारवटा मुख्य शाखा रहेको सञ्चालकहरूले बताएका छन्।

बर्थडे, पारिवारिक जमघट तथा विभिन्न उत्सव मनाउन चाहने ग्राहकलाई लक्षित गरी सुरु गरिएको यस सेवाले विराटनगरमा खानपानको नयाँ अनुभव थप्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka