Premier Cables
Premier Steel

राष्ट्रिय

बाढी आएको ४५ दिनपछि बेत्रावतीमा बेली ब्रिज सञ्चालनमा

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | अपराह्न २:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण अवरुद्ध सडक यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावतीमा निर्माण गरिएको एक्रो बेली ब्रिज सञ्चालनमा आएको छ।

भदौ १० गते आएको बाढीपछि निर्माण थालिएको पुल ४५ दिनमा सम्पन्न भएको हो। नेपाली सेनाले आज एक कार्यक्रमबीच पुलको उद्घाटन गरेको छ।

विज्ञापन

बेली ब्रिज सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित सडक सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ। पुलबाट आवागमन सुरु भएपछि स्थानीय बासिन्दा, यात्रु तथा उक्त सडकखण्ड हुँदै आवतजावत गर्ने सवारीसाधनलाई राहत पुग्ने विश्वास गरिएको छ।

गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले सडक तथा पुलका संरचनामा क्षति पुर्‍याएपछि त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो। सडक सम्पर्क प्रभावित हुँदा स्थानीय बासिन्दा तथा यात्रुले आवागमनमा कठिनाइ भोग्दै आएका थिए।

बेली ब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि प्रभावित क्षेत्रको सडक सम्पर्क पुनः स्थापित गर्न तथा यात्रालाई सहज बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka