काठमाडौं । नेपाली कांग्रेसले चार आर्थिक वर्षमा २५ करोड २१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। सोही अवधिमा पार्टीले ३४ करोड ६९ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म पार्टीको आम्दानी र खर्चमा उतारचढाव देखिएको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा कांग्रेसको आम्दानी १४ करोड ८९ लाख ९४ हजार ८६ रुपैयाँ थियो। सो वर्ष खर्च भने १७ करोड ९० लाख ७८ हजार २२१ रुपैयाँ भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा पार्टीको आम्दानी ३ करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ र खर्च ७ करोड ९९ लाख ९५ हजार १२१ रुपैयाँ रहेको छ। यस्तै, आर्थिक वर्ष २०८०/८१ मा २ करोड ५९ लाख ८७ हजार ७७५ रुपैयाँ आम्दानी हुँदा ४ करोड ९१ लाख ५६ हजार ३७५ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक वर्ष २०८१/८२ मा भने कांग्रेसले ३ करोड ८८ लाख १० हजार ६३२ रुपैयाँ आम्दानी गरेको छ। सोही वर्ष ३ करोड ८६ लाख ८३ हजार ७७६ रुपैयाँ खर्च भएको छ।
