विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ मा नेतृत्व चयनका लागि विभिन्न पदमा मनोनयन भएको छ । क्षेत्रीय समिति तथा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता भएको हो ।
सभापति पदमा चुमनारायण तवदारको मनोनयन परेको छ । यसैगरी सचिवमा विष्णुराज बुढाथोकी, सहसचिव खुलामा रामबहादुर सेलुवाल र सहसचिव महिलामा नम्रता दंगाल (खातुन) को नाम दर्ता भएको छ ।
यसैगरी प्रदेश सभा ‘ख’ मा विनिता निरौलाको मनोनयन परेको छ । युवा खुलामा तीन जनाको मनोनयन परेको छ ।
युवा क्लस्टरमा एक महिला सहित तीन जना निर्वाचित हुन्छन् । महिलातर्फ रक्षा यादवको मात्र नाम दर्ता भएको छ । यसैगरी पुरुष युवातर्फ दुई जना निर्वाचित हुन्छन् ।
ती पदमा तीन जनाको मनोनयन परेको हो । तर, क्षेत्र नम्बर ६ ‘ख’बाटसन्तोष दाहालको मात्र मनोनयन परेको छ ।
६ ‘क’ बाट दुई समुन्द्र पोखरेल र मदन भण्डारीको मनोनयन परेको छ । विवादका कारण स्थगित भएको यो क्षेत्रको अधिवेशन शुक्रबार बिहान शुरु भएको हो । मनोनयनपछि निर्वाचन प्रक्रिया शुरु हुने बताइएको छ ।
