Premier Cables

राजनीति

राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज १५, २०८३  | अपराह्न १२:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन्।

राष्ट्रपति पौडेलले शुक्रबार असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका हुन्।

विज्ञापन

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन्।

अधिवेशन अन्त्यसँगै प्रतिनिधिसभा र राष्ट्रियसभाका चालु बैठकहरू औपचारिक रूपमा स्थगित भएका छन्। सरकारले आवश्यकताअनुसार आगामी अधिवेशन आह्वानका लागि संवैधानिक प्रक्रियाअनुसार निर्णय गर्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka