Premier Cables

राजनीति

देउवाको अपिल : वडा अधिवेशन उत्साहका साथ सम्पन्न गर्न आग्रह

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज १५, २०८३  | बिहान ९:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

बिहीबार अपिल जारी गर्दै देउवाले देशभरका ६ हजार ७४३ वटै वडामा निर्धारित विधि र प्रक्रिया पूरा गरी हर्षोल्लासका साथ अधिवेशन सम्पन्न गर्न आग्रह गरेका हुन्।

विज्ञापन

झन्डै आठ दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसका लागि १५औँ महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गर्दै देउवाले लोकतान्त्रिक गणतन्त्र, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पार्टीले गरेको योगदान, त्याग र बलिदानलाई थप सुदृढ बनाउन महाधिवेशनले भूमिका खेल्ने बताएका छन्।

उनले पार्टीभित्र देखिएका आन्तरिक मतभेदलाई महाधिवेशनमार्फत समाधान गर्दै कांग्रेसलाई अझ एकताबद्ध, सुदृढ र मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

देउवा पक्षले असोज १५ गते वडा अधिवेशनबाट महाधिवेशन प्रक्रिया सुरु गरी असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने तयारी छ।

यसैबीच, कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर दुई पक्षले छुट्टाछुट्टै प्रक्रिया अघि बढाएका छन्। देउवा पक्षले आफ्नो छुट्टै कार्यतालिकाअनुसार आजदेखि वडा अधिवेशन सुरु गर्न लागेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka