Premier Cables

समाचार

जबरालाई हिरासतमा भेट्न नदिएको विषयमा एसएसपी खड्कासँग मानव अधिकार आयोगको बयान

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज १३, २०८३  | अपराह्न ३:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा भेट्न नदिएको विषयमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन् ।

हिरासतमा रहेका जबराको अनुगमन तथा भेटका लागि आयोगका पदाधिकारीलाई रोक लगाइएको विषयमा आयोगले एसएसपी खड्कालाई मंगलबार (असोज १३ गते) बयानका लागि बोलाएको थियो । खड्का मंगलबार बिहान आयोगको कार्यालय पुगेर करिब एक घण्टा बयान दिएका हुन् ।

विज्ञापन

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार खड्का बिहान साढे ११ बजेतिर आयोग पुगेका थिए । आयोगका पदाधिकारीले हिरासतको अनुगमन गर्न नदिएको विषयमा उनीसँग सोधपुछ गरिएको पोखरेलले बताए ।

पूर्वप्रधानन्यायाधीश जबरा भने सोमबार नै हिरासतबाट मुक्त भइसकेका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka