Premier Cables
Premier Steel

राष्ट्रिय

काठमाडौ महानगरका नगर प्रहरी प्रमुख निलम्बित, एसपी जोशीलाई दिइयो जिम्मेवारी

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar मंगलबार, जेठ २०, २०८२  | साँझ ६:२३ बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परे लगत्तै निमित्त प्रमुखको जिम्मेवारी महानगर प्रहरी उपरीक्षक एसपी विष्णु प्रसाद जोशीले पाएका छन् ।

मङ्गलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले एसएसपी पाण्डेलाई निलम्बन गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् ।

बिज्ञापन

एक साताको समय दिएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई जेठ ६ गते स्पष्टीकरण सोधेका थिए भने पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाएका थिए ।

गत चैत २१ गते आफू लामो बिदापछि काठमाडौँ महानगरपालिका कार्यालय प्रमुखका रूपमा प्रमुख प्रशासकीय अधिकृतका हैसियतले कार्यालयमा जाँदा रोकेको भन्दै गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

पाण्डेले प्रमुख प्रशासकीय अधिकृतका रूपमा आफूले प्रयोग गर्दै आएको सवारी साधन ह्विल लक गर्ने आदेश दिई, ह्विल लक गर्न लगाई प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउने कार्यमा बाधा उत्पन्न गरेको गुरागाईँको आरोप थियो ।

पाण्डेले कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरू समेतको बाटो छेकी अमर्यादित एवं अभद्र क्रियाकलाप गरेको, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पटक पटक अनुरोध गर्दा समेत ताला खोल्ने कार्यमा समन्वय नगरेको आरोप लगाइएको थियो ।

साथै साथै सञ्चार माध्यममा अनधिकृत बयानबाजी गरेको र उपप्रमुख र अन्य जनप्रतिनिधिहरूसँग समेत अमर्यादित व्यवहार देखाएको पनि आरोप लगाइएको थियो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka