Premier Cables

विराटनगर

विराटनगरबाट चिनियाँ नागरिक नियन्त्रणमा: नेपालीको नाममा व्यवसाय चलाएको खुलासा

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज १२, २०८३  | साँझ ५:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली नागरिकको नाममा दर्ता गराएर अनधिकृत रूपमा व्यवसाय सञ्चालन गरेको अभियोगमा विराटनगरबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

विराटनगर-२ स्थित ‘एभरपिक सप्लायर्स’ मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले सोमबार गरेको अनुगमनका क्रममा उक्त तथ्य बाहिर आएको हो।

विज्ञापन

कार्यालयका प्रमुख दीपेश कुमार झाका अनुसार फर्म राधिका बस्नेत कार्कीको नाममा दर्ता भए पनि मुख्य कारोबार भने चिनियाँ नागरिक लि जोसिज्याकले गर्दै आएको भेटिएको छ।

अध्यागमन पठाउने तयारी
व्यापार सञ्चालन गर्दै आएका चिनियाँ नागरिक लि जोसिज्याकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

कागजात र बिलबन्दको छानबिन
अनुगमन टोलीले सप्लायर्सबाट बिक्री भइरहेका कस्मेटिक तथा घरायसी सामग्रीको खरिद बिल, स्रोत र सञ्चालनसम्बन्धी कागजातहरू पेस गर्न निर्देशन दिएको छ। नेपालीको नाम अघि सारेर विदेशीले गैरकानुनी रूपमा व्यापार चलाएको विषयमा थप अनुसन्धान भइरहेको र पेस गरिएका कागजातको अध्ययनपछि थप कानुनी कदम चालिने प्रशासनले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka